काठमाडौंको शंखमुलमा दुई समूहबीच खुकुरी हानाहान

काठमाडौंको शंखमुलमा दुई समूहबीच खुकुरी हानाहान भएको छ ।

युवाहरूबीच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

बिज्ञापन

उनलाई उपचारका लागि ट्रमा अस्पताल लगिएको छ ।

महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ ।

खुकुरी प्रहार गर्ने समूह फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।