पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जस कारण आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेकाे छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अन्य भू-भागमा पनि आंशिक बदली रहने छ ।

बिज्ञापन

पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा सम्भावना पनि छ । हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

राति पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सोमबार पहाडी भू-भागमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।