मनाङलाई दोस्रोपटक खप्तड गोल्डकपको उपाधि

फागुन २९ धनगढी । मोफसलकै सर्वाधिक ठूलो धनराशिको पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकप २०७८ को उपाधि नेपाल आयल निगम मनाङ मर्स्याङदी क्लबले जितेको छ ।

धनगढी रंगशालामा शनिबार भएको फाईनल खेलमा ललितपुरको फ्रेण्ड्स क्लबलाई ३-१ गोलले हराउँदै दोस्रोपटक च्याम्पियन बनेको हो । यस अघि मनाङले पहिलो सिजन उपाधि जितेको थियो । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको मनाङले दोस्रो हाफमा थप २ गोल गर्दन एक गोल व्यहोर्नुपरेको थियो ।

बिज्ञापन

मनाङको जितमा दिनेश राजवंशी, ओलाओल अफिज र मौसा अबगानाले समना १/१ गोल गरे ।

यता फ्रेण्ड्सका लागि जमोउल फ्रेन्स्वाले एक गोल गरे । गत १९ गतेबाट सुरु भएको यस प्रतियोगितामा कुल १० टोलीको सहभागी रहेको थियो ।

मोफसलकै सर्वाधिक ठूलो धनराशि रहेको प्रतियोगिताको विजेताले मनाङले नगद २१ लाख प्राप्त गरेको छ । भने उपविजेता नगद फ्रेण्ड्सले १० लाखमा चित्तबुझउनु परेको छ ।

कुन विधामा कस्ले के जिते ?
राइजिङ प्लेयर : बाबुराम चौधरी ( सुदूरपश्चिम ११) नगद २० हजार
सर्वाधिक गोल कर्ता ४ गोल : जमोउल फ्रेन्स्वा (फ्रेण्ड्स क्लब )२० हजार
बेस्ट मिडफिल्डर : मौसा अबगानाले (मनाङ) नगद २० हजार
बेस्ट डिफेन्स : सुरज विश्वकर्मा (फ्रेण्ड्स) नगद २० हजार
बेस्ट किपर : विशाल सुनार (मनाङ) नगद २० हजार
बेस्ट कोच : राजेन्द्र तामाङ (मनाङ) नगद २० हजार