
काठमाडौं । काठमाडौका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई गोकर्णेश्वर नगरपालिका-५ बाहुनधाराबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।
बिज्ञापन



पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारा बस्ने २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्वर बस्ने २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने २० वर्षीय दिपेश मगर र गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने २४ वर्षीय विशाल राना रहेका छन् ।

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ५ थान चोरीका मोटरसाइकल र २ वटा साइकलसहित फेला पारी पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई उनीहरुमाथि महानगरीय प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।