२७ जनालाई स्पोर्ट्स अवार्ड

काठमाडौं । एनएनआईपीए स्पोर्टस् अवार्डको १६औँ संस्करणमा २७ जनाले अवार्ड पाएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा मंगलबार सम्पन्न समारोहमा २७ जनाले अवार्ड पाएका हुन् ।
आर्चरीतर्फ ज्ञानु अवालेले अवार्ड जित्दा एथ्लेटिक्सतर्फ किरण सिंह बोगटीले पाएका छन् ।

त्यस्तै ब्याडमिन्टनतर्फ प्रिन्स दाहाल, बक्सिङतर्फ सुस्मा तामाङ, बास्केटबलतर्फ सदिना श्रेष्ठ, साइक्लिङतर्फ राजेश मगर, फेन्सिङतर्फ अनिता कार्की, गल्फतर्फ काश्मिरा शाह, ह्यान्डबलतर्फ विशाल बस्नेत, हकीतर्फ अञ्जना चन्द, जिम्न्यास्टिकतर्फ रोहण बुढाथोकी, करातेतर्फ विप्लव श्रेष्ठ, राफ्टिङ र क्यानोइङतर्फ सुमन तामाङ, जुडोतर्फ सुमित्रा राई, स्कीतर्फ सफल राम श्रेष्ठले अवार्ड जितेका छन् ।

बिज्ञापन

त्यसैगरी, स्विमिङतर्फ अनुभव सुब्बा, शुटिङतर्फ कृष्ण थापा, कबड्डीतर्फ नागेश्वर थारु, टेबल टेनिसतर्फ सन्तु श्रेष्ठ, तेक्वान्दोतर्फ पार्वती गुरुङ, ट्रायथलोनतर्फ हिमाल टमाटा, लन टेनिसतर्फ अभिलाषा विष्ट, फुटबलतर्फ विराज महर्जन, भलिबलतर्फ अरुणा शाही, वेटलिफ्टिङतर्फ कमला श्रेष्ठ, वुसुतर्फ निमा घर्ती मगर र रेस्टलिङमा सुरेश चुनाराले अवार्ड जितेका छन् ।

२०७७ मा कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियोगिता नहुँदा यो पटक नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका खेलाडीलाई सम्मान गरिएको हो ।