
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १३६९ जना कोभिड संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८८० नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
बिज्ञापन



आज कोभिड संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । सोही अवधिमा २२३८ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या २९ हजार ४ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले खोप लगाएका छन् ।
काठमाडौं जिल्लामा २३५, ललितपुरमा ६४ र भक्तपुरमा ३० जना संक्रमित थपिएका हुन् ।
मनाङ जिल्लामा संक्रमण शून्य रहेको छ । १३ जिल्लामा अहिले पनि सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।