स्थानीयको लगानीमा २ करोडको शिव मन्दिर निर्माण हुँदै

लहान / १९ माघ – सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थित रघुनाथपुरमा करिब २ करोडको लगानीमा शिव मन्दिरको निर्माण हुन लागेको छ ।

करिब २ महिनाअगाडि समाजसेवी तथा नेपाल मानव अधिकारका सिरहा संयोजक चन्द्रनारायण कुशवहा र स्थानीय समाजसेवी राजेन्द्र कामैतले मन्दिरको शिलान्यास गरेका थिए ।

बिज्ञापन

उक्त मन्दिर ४८ फिट लम्बाई र ४६ फिट चौडाइको हुनेछ ।

उक्त मन्दिरमा स्थानीय समाजसेवी तथा माँ धमिनी हस्पिटल प्रा.लि.का सञ्चालक ओम सिंहले मन्दिरको निर्माणको सुरुदेखि निर्माणको फिनिसिङ्सम्मको बालुवा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।