
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारहरू रहेका प्रदेशको निर्वाचन प्रक्रियामा मात्रै सहभागिता जनाउने भएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।
बिज्ञापन



प्रदेश १ मा आफ्नो पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेल उम्मेदवार रहेकाले उनीहरूको पक्षमा मतदान गर्न पार्टीका मतदातालाई बैठकले निर्देशन समेत दिएको छ ।

तर, अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय भएको महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।