ह्वात्तै बढ्यो कोरोना, थपिए ६७३५ संक्रमित

काठमाडौं — पछिल्लो २४ घण्टामा ६ हजार ७३५ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

१७ हजार ४६५ नमुना परीक्षण गर्दा ६ हजार ७३५ कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

पछिल्लो २४ घण्टामा ५४७ जना निको हुँदा ३ जनाको मृत्यु भएको छ ।

हाल देशभर ३० हजार ८७७ सक्रिय संक्रमित छन् ।

आज काठमाडौंमा २ हजार ९४३ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन् ।