नेपालगन्ज नाकामा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना पुष्टि

लगन्ज — बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा भारतबाट आउने नेपालीहरूमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना पुष्टि हुन थालेको छ ।

जमुनाहा नाकामा आइतबार पनि एकैदिन ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार भारतका विभिन्न राज्यबाट आएका ६७५ जनाको कोरोना परीक्षण गरिएको थियो ।

बिज्ञापन

जसमध्ये १३ पुरुष र २६ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए ।

बिहीबार २७, बुधवार र मङ्गलवार ५५ र सोमबार १० र शनिबार ४६ जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएका सबैलाई नेपालगन्जस्थित बाल मन्दिर आइसोलेसनमा राखिएको कोभिड फोकल पर्सन तेज वलीले बताए ।

सोमबार यता भारतबाट आएका १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।