
नयाँ दिल्ली : भारतमा इटालीबाट आएको एउटा विमानमा सवार यात्रुमध्ये १२५ यात्रुमा कोभिड संक्रमण देखिएको छ ।

इटालीको मिलानबाट भारतको अमृतसार आएको विमानका संक्रमितमध्ये १३ यात्रु क्वारेन्टिन नबसी भागेका छन् ।
बिज्ञापन



नौ जना विमानस्थल र अन्य चार जना एउटा स्थानीय अस्पतालबाट भागेका हुन् । उनीहरुविरुद्ध सरकारले उजुरी हाल्ने तयारी गरेको छ ।

सो विमानमा १६० यात्रु थिए । उनीहरुमध्ये बालबालिका र शिशु गरी १९ जनाको भने कोभिड परीक्षण गरिएको थिएन् ।
संक्रमितलाई अस्पताल लैजान विमानस्थलमा एम्बुलेन्सहरु लाइनमा राखिएका थिए ।
सबै संक्रमितलाई गुरु नानक देव अस्पतालमा भर्ना गरिएको थियो ।
उनीहरु स्वास्थ्यकर्मीलाई छक्काएर भागेको अधिकारीहरुले जनाएका छन् ।
अस्पतालबाट भाग्ने संक्रमितको पासपोर्ट रद्द गर्ने प्रहरीले तयारी गरेको छ ।