दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण

नयाँ दिल्ली : भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो ।

बिज्ञापन

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ ।

संक्रमण बढेपछि विभिन्न राज्यमा कफर््यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् ।

भारतमा दुई हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् ।

महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरियन्ट देखिएको छ । महाराष्ट्रपछि दिल्लीमा नयाा भेरियन्टका संक्रमित बढेका छन् ।

बुधबारसम्म दिल्लीमा ४६४ जनामा ओमिक्रोन देखिएको छ ।