
काठमाडौं । नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले बधाइ दिएकी छिन् । भेटवार्तामा राजदूत यान्छीले धाइ सन्देश दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेकी छिन् ।

साथै, द्विपक्षीय हितका बारेमा समेत कुराकानी भएको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले जानकारी दिए । गत सोमबार ओलीलाई भेट्न राजदूत यान्छी ओली निवास भक्तपुरको बालकोट पुगेकी थिइन् ।
बिज्ञापन



भारत र अमेरिकाले समेत महाधिवेशनको बेलामै बधाइ सन्देश दिइसकेका छन् । मंसिर दोस्रो साता चितवनमा भएको महाधिवेशनबाट ओली अध्यक्षमा पुनःनिर्वाचित भएका थिए ।
