यस्तो छ आजको मौसम

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशभर आजको मौसममा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

बिज्ञापन

अहिले बिहान पनि देशभर आंशिक बदली रहेको मौसमविद्ले बताएका छन्। महाशाखाका अनुसार हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।