ग्वार्कोमा बस दुर्घटना, डेढ दर्जन यात्रु घाइते

काठमाडौँ : ललितपुरको ग्वार्कोमा बस दुर्घटना भएको छ । चक्रपथमा भएको उक्त दुर्घटनामा डेढ दर्जन यात्रु घाइते भएका छन् ।

कलंकीबाट भक्तपुरतर्फ जाँदै गरेको बा.३ ख २१४२ नम्बरको यात्रुवाहक बस बिहान पल्टिएको हो । घाइते सबैको नजिकैको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

बिज्ञापन

दुर्घटनामा बसको सिसा फुटेको छ भने पल्टिएको कारण अरु पनि क्षति भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । बसका चालकलाई ट्राफिक प्रहरी, सातदोबाटोले नियन्त्रणमा लिएको छ ।