
कैलाली । भीमदत्त राजमार्गको भासु भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधन बीच बाटामै रोकिएका छन् भने तराईबाट पहाड जाने सवारीसाधन पनि अलपत्र परेका छन् ।
बिज्ञापन



सोमबार राति करिब दुई बजेको समयमा गएको पहिराले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए ।

अहिले गोदावरी नगरपालिकाको डोजरको सहायताले पहिरो पन्छ्याउने काम भइरहेकाे छ ।