आजको  मौसम हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ : देशका अधिकांश भू-भागमा अहिले सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार साथै, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा सामान्य वर्षा भइरहेको छ।

बंगालको खाडी र मध्य भारतमा रहेकाे (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिज्ञापन

आज देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले बताएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। साथै, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।