
झापा: राप्रपा नेता तथा संघिय सांसद राजेन्द्र लिङ्ग्देनले राप्रपालाई बलियो पार्टीको रुपमा बिकास गर्न आगामी महाअधिवेशनमा नेतृत्व परिवर्तन हुने पर्ने बताएका छन्। ३१ वर्ष लामो इतिहास बोकेको पार्टीलाई चलायमान गराउन सहि ढंगको नेतृत्व आवश्यकता रहेको बताएका हुन्।

झापाको गौरादहमा राष्ट्रिय प्रजातन्त्र पार्टी गौरादह नगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता लिङ्ग्देनले राजसंस्थाको पक्षमा बलियो जनमत देखिएको तर राजसंस्थाको पक्षधर शक्ति केन्द्र राप्रपामा भने जनविश्वास खासै नरहेको विषय माथि गम्भीर समिक्षा हुनुपर्ने बताए। उनले राजाबादी शक्तीहरु संग मिल्नुको विकल्प नरहेको बताए।नेतृत्वकै कमीकमजोरीका कारण पार्टीका एजेन्डाहरु बजारमा विक्री नभएको उनको तर्क छ।



‘हामीले बोकेका एजेन्डा राम्रा छन् , तर राप्रपालाई विश्वास गर्ने मानिसको संख्या एकदमै कम छ यो अवस्थालाई चिर्न जरुरी छ।’, उनको तर्क छ।

‘मध्य रातमा मन्दिरमा दर्शन गर्न आएका राजाको स्वागत गर्न मानव सागर उर्लन्छ तर त्यही एजेन्डा बोकेर बर्षौं देखि हिडेको हामीलाई महत्व दिदैनन्।’
राजाको पक्षमा हजारौं जनता सडकमा निस्किन्छन् तर त्यहि राजा ल्याउन कम्मर कसेर लागेको राप्रपाको कार्यक्रममा मान्छे नै हुदैनन्, के यसमा हामीले गम्भीर समिक्षा गर्ने समय आएको छैन ?’ , नेताले लिङ्ग्देनले प्रति प्रश्न गरे।
राप्रपाको एजेन्डा जनतालाई मन परेको तर नेतृत्वको कार्यशैलीका कारण राप्रपालाई विश्वास नगरेको तर्फ गम्भीर हुनुपर्ने औल्याए। नेता लिङ्ग्देनले पार्टीको आसन्न महाधिवेशनले सबै अन्योलता चिर्ने समेत बताए। कांग्रेस र कम्युनिस्टले देशलाई बाराम्बार धोका दिएको अवस्थामा राप्रपा टुलुटुलु हेरेर बस्न नसक्ने बताए।
‘नेतृत्व परिवर्तन अपरिहार्य छ, नेतृत्वले जिम्मेवारी बहन गर्न नसक्दा पार्टीले राष्ट्रिय पार्टीको मान्यता समेत गुमाउनु पर्यो।’, उनले भने।
नगर अध्यक्ष शान्तिराम पौड्यालको सभातित्वमा भएको कार्यक्रममा केन्द्रिय निर्देशन समिति सदस्यहरु लक्ष्मी संग्रौला र भक्ती सिटौला तथा केन्द्रय कार्यसम्पादन समिति सदस्य डा राजेश गिरि, पुर्व झापा जिल्ला अध्यक्ष अम्बर विष्ट, जिल्ला सदस्य भिम बस्नेत, क्षेत्रीय अध्यक्ष भिम पौड्याल, क्षेत्रीय उपाध्यक्ष खेम तिम्सिना, मिडिया नेपाल केन्द्रिय सदस्य सान नेपाल लगायतले शुभकामना मन्तब्य दिएका थिए। कार्यक्रममा ६० वर्ष माथीका ७२ जना जेस्ठ जेस्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
पार्टी प्रवेश
यसै बीच उक्त कार्यक्रममा वडा न १ बाट करिव ४५ जनाले विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन्। नव प्रवेशीलाई नेता राजेन्द्र लिङ्ग्देन तथा केन्द्रिय नेताहरुले स्वागत सम्मान गरेका थिए।
डा. गिरि सम्मानित
सोहि कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी विषयमा सोध पत्र प्रस्तुत गरि भर्खरै बिद्यावारिधी गरेका पार्टीका केन्द्रिय नेता डा राजेश गिरिलाई पर्दाफास मिडिया प्रा ली र राप्रापा गौरादह नगर कमिटिको तर्फ बाट सम्मान पत्र द्वारा सम्मान अर्पण गरिएको थियो।
जिल्ला सदस्य प्रेम कुमारी घिमिरेले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन नगर सचिव युवराज पौड्यालले गरेका थिए।