संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास

संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका छन् । उनले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकाले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कू को प्रयास नगर्न आग्रह गरेका हुन् ।

उनले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकोले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमणकालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धताहरूमा इमान्दार रहन यहाँका सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेका छन् ।

बिज्ञापन