फोर्ब्सको सूचीमा रोनाल्डो सर्वाधिक कमाउने फुटबलर कति कमाउँछन् मेसी ?

काठमाडौं । यसै सिजन युभेन्टसबाट म्यानचेस्ट युनाइटेड सरुवा भएका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले फोर्ब्सले हालै सार्वजनिक गरेको सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा परेका छन् । रोनाल्डोले जारी (२०२०/२१) सिजनमा करबाहेक १ सय २५ मिलियन अमेरिकी डलर कमाउने छन् ।

त्योमध्ये ७० मिलियन तलब र युनाइटेड सरुवाको बोनसको रूपमा पाउनेछन् । मेसीले यो वर्ष १ सय १० मिलियन कमाउने छन् ।

बिज्ञापन

पेरिस सेन्ट जर्मनका उनका सहकर्मी नेइमार र किलियान एम्बाप्पे पनि शीर्ष चारमा परेका छन् ।

फोर्ब्सको सर्वाधिक कमाउने फुटबलरको सूची:

खेलाडी क्लब कमाई
क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड १२५ मिलियन डलर
लियोनेल मेसी पेरिस सेन्ट जर्मन ११० मिलियन डलर
नेइमार पेरिस सेन्ट जर्मन ९५ मिलियन डलर
किलियान एम्बाप्पे पेरिस सेन्ट जर्मन ४३ मिलियन डलर
मोहम्मद सालाह लिभरपुल ४१ मिलियन डलर
रोबर्ट लेवान्डोस्की बायर्न म्युनिख ३५ मिलियन डलर
एन्द्रेस इनिएस्टा भिसेल कोबे ३५ मिलियन डलर
पौल पोग्बा म्यानचेस्टर युनाइटेड ३४ मिलियन डलर
ग्यारेथ बेल रियाल मड्रिड ३२ मिलियन डलर
इडेन हाजार्ड रियाल मड्रिड २९ मिलियन डलर