
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो ।

साउन पहिलो साता नै सार्वजनिक गर्ने भनिएको उक्त मौद्रिक नीति सरकार परिवर्तन भएपछि ढिलाइ भएर आज सार्वजनिक गर्न लागेको बताइएको छ । सो मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ ।
बिज्ञापन



राष्ट्र बैंक स्रोतका अनुसार सञ्चालक समितिले पारित गरे पश्चात आजै मौद्रिक नीति सार्वजनिक हुनेछ । कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने जनाएको छ ।
