ललिता निवास जग्गा प्रकरण : गच्छदार विशेष अदालतमा हाजिर

ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार बुधबार बिहान १० बजे विशेष अदालमा हाजिर भएका छन् । विशेष अदालतका उपरजिष्टार एवं प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार अहिले गच्छदारसँग बयान लिइँदै छ ।

२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो । मुद्दामा ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।

बिज्ञापन