बिप्लबद्वारा सरकारको प्रशंसा

सरकारले प्रतिवन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको प्रशंसा गरेका छन्।

प्रतिनिधि सभाको शनिवारको बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा पारित भएसँगै विप्लवले विज्ञप्ति जारी गर्दै उक्त कदमको प्रशंशा गरेका हुन्।

बिज्ञापन

विप्लवले भनेका छन्, ‘सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’