दुई वर्षीय बालकको पानीमा डुबेर मृत्यु

गौरादह – झापाको गौरादह नगरपालिका ४ मैदानघोपाका दुई वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय गोपाल भट्टराईका २ वर्षीय छोरा संयोग भट्टराईको पैनीमा डुबेर मृत्यु भएको हो ।

बिज्ञापन

 

हिजो बेलुका साढे ६ बजे घर अगाडीको पैनीमा खेल्ने क्रममा अचानक डुबेर बेहोस भएका उनलाई उपचारको लागि बाबुआमाले स्थानीय मेडिकलमा लगेका थिए ।

 

उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।