
वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी देशभर एकै सातामा १७ जनाले ज्यान गुमाएका छन् ।

बिज्ञापन



ज्यान गुमाउनेमा १० पुरुष, ४ महिला, २ बालक र १ बालिका रहेका छन् । जसमध्ये सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालीकोट, बाजुरा, बझाङ र प्युठानका १-१ जना रहेका छन् ।

मनसुनजन्य विपद्बाट २२ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये सिन्धुपाल्चोकका मात्रै २० रहेका छन् । बेपत्ताको खोजी कार्य भइरहेको छ ।
विपद्मा परी १७ जना घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यस्तै १०१ जनाको उद्धार गरिएको छ । बाढी पहिराको जोखिममा रहेका घरपरिवारलाई अन्यत्र सार्ने काम पनि भइरहेको छ ।