
भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारको ४ नं गल्लीबाट प्रहरीले गए राति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ ।

बिज्ञापन



जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त–१८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी गुप्ता रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट रु ४६ हजार २०७ नगद रकम बरामद भएको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले विनोद गुप्ताको घरमा जुवातास खेलिरहेको जानकारी पाएपछि खानतलासी गरेको थियो ।