
काठमाडौं । एसियन च्याम्पियनसिपको तयारीका लागि शुक्रबारदेखि सुरु हुने भनिएको राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण स्थगित भएको छ ।
कोरोना भाइरसको महामारीका कारण उपत्यकाबाहिर रहेका खेलाडीहरु आउन समस्या भएपछि प्रशिक्षण स्थगित गरिएको हो ।

प्रशिक्षणको प्रारम्भिक चरणमा परेका १५ जनाभन्दा बढी खेलाडी उपत्यकाबाहिर रहेर कारण आउन समस्या भएको र निषेधाज्ञा पनि जेठ महिनाभरि थपिएपछि प्रशिक्षण स्थगित गरिएको नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले जानकारी दिए । स्थगित प्रशिक्षण आगामी असार १ गतेबाट सुरु गर्ने तयारी गरिएको छ ।



एसियन च्याम्पियनसिपका लागि नेपाल भलिबल संघ (एनभीए) ले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो ।
संघले चैत्र तेस्रो आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई हेरेर खेलाडी छनोट गरेको थियो ।
