कोपा अमेरिका: अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले हरायो

एजेन्सी । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले हरायो ।

 

बिज्ञापन

प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले १०औं मिनेटमा खाता खोलेको थियो । अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

 

त्यसपछि ७४औं मिनेटमा जिओभानी लोकेल्सोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । अर्जेन्टिानको दुवै गोलमा सर्जियो एग्युरोले पास दिएका थिए । मध्यभागमा उत्कृष्ट प्रदर्शन गरेको भेनेजुएलाले गोल गर्न सकेन ।

 

भेनेजुएलाले समूह चरणको खेलमा ब्राजिललाई बराबरीमा रोकेको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

 

यसैगरी शनिबार बिहान भएको अर्को खेलमा साविक विजेता चिलीले कोलम्बियामाथि जित निकाल्न निकै शंघर्ष गर्नु परेको थियो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत दुवै टोलीले गोल गर्न सकेनन् ।

 

त्यसपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिईएको थियो । पेनाल्टीमा चिलीले बाजी मा¥यो । निर्धारित समयमा चिलीका अर्तुरो भिडालले गरेको गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

 

टाईब्रेकरमा दुवै टोलीका चार जना खेलाडीले लगातार गोल गरे । कोलम्बियाका विलियम तेसिल्लोको पाँचौं प्रहार पोस्ट बाहिर परेको थियो ।

 

त्यसपछि चिलीका एलेक्सिस सान्चेजले निर्णायक पेनाल्टी प्रहार गर्दै टोलीलाई सेमिफाइनलमा पु¥याए । सेमिफाइनलमा चिलीले उरुग्वे र पेरुबीचको जितेतासँग प्रतिस्पर्धा गर्नेछ ।