
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन



देशभर८८ हजार १६० सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८१ हजार ४३० होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै शनिबार मुलुकमा कोरोना भाइरसका ८,४१८ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मात्रै ५३ जनाको मृत्यु भएको थियो ।