
एजेन्सी । यतिबेला क्रिश्चिय धर्मावलम्बीले हिन्दुहरुमाथि प्रहार बढाउदैं लगेका छन् । आर्थिक तथा विभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने क्रम जारी छ । विशेषगरी नेपाल, भारत, चीन लगायतका देशमो यो संख्या बढिरहेको देखिन्छ ।




नेपालमा धर्म परिवर्तन गराउनेलाई कडा सजायको व्यवस्था गरिएको छ । त्यस्तै भारतमा जवरजस्ती धर्म परिवर्तन गराउन पाईदैंन् । तरपछि विभिन्न प्रलोभन तथा डर धम्की दिएर भएपनि क्रिश्चिय बनाउने खेल चलिरहेको छ ।

भारतको तामिलनाडुका हिन्दु धर्मबाट क्रिश्चियन बनेकाहरु फेरि सनातन धर्ममै फर्किएका छन् ।
इसाई बनेका हिन्दु दलितहरुमाथि चर्चमा अपमानजनक व्यवहार गरिएको भन्दै पुरानै धर्ममा फर्किएका हुन् । भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेको खबर अनुसार ईसाई बनिसकेका दलितहरुको एउटा संगठनले राष्ट्रसंघमा चिठी लेखेर यस विभेदको गुनासो गरेको छ ।
हिन्दु धर्ममा रहेको जातिय विभेदबाट मुक्ति दिलाउने भन्दै उनीहरुलाई ईसाई बनाईएको थियो । तर, अहिले उनीहरुलाई कतिपय चर्चमा छिर्न दिइँदैन । उनीहरुले यस विभेदको अन्त्यका लागि भ्याटिकन सिटीमा निवेदन पनि दिए तर कुनै सुनुवाई भएन ।
दलित ईसाईको हकहितको लागि खुलेका दलित क्रिश्चियन लिबरेसन मुभमेन्ट र विदुथले ईसाईभित्र ज्यादा जातिय विभेद कायम रहेको बताएका छन् । माथिल्लो जातिका ईसाईको लागि चिहान छुट्टै छन् । दलित ईसाईका लागि चिहान छुट्टै छन् । दलित ईसाईलाई माथिल्लो जातिका ईसाईको चिहानमा लाश गाड्ने अनुमति छैन ।
त्यसैगरी चर्चका पाष्टर माथिल्लो जातिका ईसाईहरु नै बढी छन् । उनीहरु दलित ईसाईसँग आफ्ना छोराछोरीको बिहेँ गराउँदैनन् । पछिल्लो समय ईसाई बनेका दलित फेरि हिन्दु धर्ममा फर्किन थालेका हुन् । हिन्दु धर्मबाट हेपिएको भन्दै क्रिश्चियन बनेका उनीहरु फेरि हिन्दु धर्म नै मान्न थालेका हुन् ।