
भारतमा पछिल्लो २४ घण्टामा थप ५६ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८५५ पुगेको छ ।

भारतमा केही सातादेखि संक्रमण दर बढ्दै गएको छ । जसकारण कयौं राज्यले निश्चित शहरहरुमा लकडाउन समेत गरिसकेको छ । भारतभर फेरि कोरोना संक्रमण बढ्न सक्ने भन्दै केन्द्र र राज्य सरकारहरुले सतर्कता अपनाउन आग्रह समेत गरिसकेको छ । हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७२० रहेको छ ।
बिज्ञापन



संक्रमितको संख्यासँगै मृत्यु दरपनि उकालो लाग्दै गएको छ । भारतमा पछिल्लो केही दिनयता दैनिक करिब दुई सय भन्दा बढीको मृत्यु हुँदै आएको छ । मंगलबार बिहानसम्म थप २७१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म भारतमा १ लाख ६२ हजार ११४ जनाको मृत्यु कोरोना संक्रमणका कारण भइसकेको छ ।
