नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ६० जना कोरोनामुक्त भएका छन्।

बिज्ञापन

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको छ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १५ पुगेको छ।