
दमक / नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको चिकित्सकविरुद्धको फैसलाविरुद्ध देशव्यापी आन्दोलन थालेको छ।
कालोपट्टी लगाएर सुरु भएको आन्दोलन आजदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर थप चर्किएको हो। उपभोक्ता अदालतले अस्पतालको लापरबाहीमा क्षतिपूर्ति तिराउने फैसला गरेपछि संघ आक्रोशित भएको छ। उनीहरूको माग छ— चिकित्सकीय मुद्दा मेडिकल काउन्सिलमै सीमित गरियोस्।
संघका महासचिव डा. सञ्जीव तिवारीमाथि अदालतको अवहेलनाको मुद्दा चल्दैगर्दा पाटन उच्च अदालतले सात दिनभित्र हाजिर हुन आदेश दिएपछि आन्दोलन झन् चर्किएको हो।

बिज्ञापन



