पछिल्लो २४ घण्टामा मुलुकभर ६० जनामा कोरोना भाइरस  संक्रमणको पुष्टि

मुलुकमा थप ६० जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३६२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ६० जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार १७८ पुगेको छ । जसमा महिलाको संख्या ९६ हजार ५८२ (३५.१० प्रतिशत) र पुरुषको संख्या १ लाख ७८ हजार ५९६ जना (६४.९० प्रतिशत) रहेको छ ।

पछिल्लो २४ घण्टामा ७२ संक्रमित निको भए, २ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७२ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार २४९ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय १५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४९ रहेको छ ।

बिज्ञापन

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख १२ हजार ७९६ जनाको पीसीआर परीक्षण भएको छ ।यसै गरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्