टिचिङ अस्पताल पुगिन् प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला ज्ञवाली टिचिङ अस्पताल पुगेकी छिन् ।

 

बिज्ञापन

प्रधानमन्त्री ओली आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि टिचिङ अस्पतालमा भर्ना हुँदैछन् ।

 

उनको बुधवार प्रा. डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले बुधवार मिर्गौला प्रत्यारोपण गर्नेछ ।

 

नातामा भान्जी पर्ने समिक्षाले ओलीलाई मिर्गौला दिने तयारी गरिएको र उनको जाँच समेत यसअघि नै गरिसकिएको छ ।

 

प्रधानमन्त्री ओली केही बेरमा अस्पताल पुग्नेछन् । टिचिङ अस्पतालका चिकित्सकहरु प्रधानमन्त्री ओलीको प्रतिक्षामा रहेका छन् ।