
विराटनगर । प्रदेश १ सभाको बैठक शुरू भएको छ । मुख्यमन्त्री शेरधन राईविरूद्धको अविश्वासको प्रस्ताव पेस हुने सहमतिपछि बैठक शुरू भएको हो । बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गर्ने एकमात्र कार्यसूची राखिएको छ। राईविरुद्ध विभाजित नेकपाको प्रचण्ड-माधव पक्षका सांसदहरूले प्रदेश सचिवालयमा यसअघिनै अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

बिज्ञापन



आइतबार अपरान्ह २ बजे बस्नेगरी बैठक डाकिएको भएपनि कार्यसूचीबारे कार्यव्यवस्था समितिमा सहमति बन्न नसक्दा बैठक निर्धारित समयमा शुरू हुन सकेको थिएन । सभामुखले बोलाएको कार्य व्यवस्था समितिको बैठकमा ओली समुहले बैठक स्थगित गर्नु पर्ने अडान राखेको र प्रचण्ड-माधव पक्षले बैठक कुनैपनि हालतमा शुरू गर्नु पर्ने अडान राखेपछि कार्य व्यवस्था समितिको बैठक लम्बिएको लम्बिएको थियो ।
