
विराटनगर । वैदेशिक रोजगारमा कोरोना माहामारीले थपेको चुनौति न्युनिकरणका लागि सचेत भुमिका निभाउन सञ्चार माध्यमलाई सरोकारवालाले सुझाव दिएका छन् ।

पिपुल्स फोरमको आयोजनामा शुक्रबार विराटनगरमा आयोजित माहामारीको सन्दर्भमा वैदेशिक रोजगार कानुन सम्बन्धी संचारकर्मीका लागि अभिमुखिकरण कार्यक्रममा सरोकारवालाहरुले आजश्यक सुझाव दिएका हुन् । कार्यक्रममा बौल्दै विज्ञहरुले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न सञ्चारकर्मीको भुमिका महत्वपुर्ण हुने बताएका छन् ।



वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालबाट ५० लाख बढी मानिस श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका छन् । आप्रवासी कामदारको हक अधिकार बारे नितिगत व्यवस्थाको जानकारी गराउँदै आप्रवासी विज्ञ तथा अधिवक्ता सोम लुईटेलले कोरोना माहामारीका कारण विगतका वर्षमाभन्दा यतिबेला वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएपनि विदेश जाने क्रम भने नरोकिएको बताउनुभयो ।

वैदेशिक रोजगारीमा जानेहरुमा कारोना माहामारीको चुनौती अझैपनि कायम नै रहेको यसतर्फ सरोकारवाला सबै निकाय सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा मात्रै ४ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको उहाँले जानकारी दिनुभयो । कोभिडको समयमा १ लाख ५२ हजार ३ सय ५९ जना कामदार नेपाल फर्किएका छन् । चालु आर्थिक वर्षको साउन देखि पौष मसान्तसम्म करिब ६२ हजार युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । कोरोना माहामारीका कारण बन्द भएका हवाई उडान सुरु भएयता करिब २ लाख युवा फिर्ता आएको तथ्याङ्कले देखाएको छ ।
फर्किएका मध्ये दुई तिहाइले रोजगारी गुमाएको र पारिश्रमिक समेत नपाइ फर्कीएका छन् । निःशुल्क उद्धार गर्न सर्वाेच्चले आदेश गरेको भएपनि एक सय ८५ जनाको मात्रै सरकारले निशुल्क उद्धार गरेको अभिवक्ता लुइटेलले बताउनुभयो ।
उद्धार गर्न सरकारले भने ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको भएपनि माघ १५ सम्म १ करोड ५६ लाख रुपैया खर्च गरेको छ ।