
धनगढी : सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ११ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेश भरी १ हजार ७ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।
बिज्ञापन




सुदुरश्चिम प्रदेशको कैलालीमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । कैलालीमा सक्रिय संक्रमितको संख्या ५ सय ६३ छ । अछाममा ८४,बैतडीमा ७८ जना, बझाङमा २५७ जना, बाजुरामा २३ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, डडेल्धुरामा १६१ जना, दार्चुलामा २४६ जना, डोटीमा १५३ कञ्चनपुरमा ११८ जना र अन्य जिल्लाका २६ जना सक्रिय संक्रमित रहेका छन् ।