
झापा: मुलुकमा बढ्दै गएको भ्रष्टाचार र अनियमितताले जनतामा चरम असन्तुष्टि छाएको छ ।




दुई तिहाइ मत पाएको बर्तमान सरकारको कार्यसैली प्रती तीब्र असन्तुष्टि बढे संगै बैकल्पिक शक्तिको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी लाई अंगिकार गर्नेको संख्या अचानक बढेर गएको पाइन्छ । मुलुक भरी राप्रपा प्रवेशको खवर आइरहदा पुर्वी जिल्ला झापामा भनें राप्रपा प्रवेशको लहर नै चलेको छ ।

झापाको भद्रपुर, हल्दिबारी, बिर्तामोड, गौरादह लगायतका सयौं युवाहरू विभिन्न दल परित्याग गरि राप्रपा प्रवेश गरिरहेका छन् भनें गत शनिबार मात्र हल्दिबारी गा. पा. मा भएको सामाजिक दुरी सहित सम्पन्न गरिएको कार्यक्रममा कांग्रेस र नेकपाका ७४ जना युवाहरु एकै पटक राप्रपामा प्रवेश गरेको घोषणा गरिएको छ ।
पुर्वमा युवाहरूको राप्रपा प्रवेशको जनलहर आइरहदा यसको श्रेय भनें महामन्त्री तथा संघीय सांसद राजेन्द्र लिङ्देनले नै लिने गरेको पाइन्छ । लकडाउनको अवधिलाई उनले भरपुर उपयोग गरेको र युवा समुदायमा लोकप्रिय मानिने नेता लिङ्देनको निरन्तरको प्रयास बाट नै उत्साहित हुँदै पार्टी प्रवेशमा लागेको स्थानीय युवाहरुको भनाइ पाइन्छ ।
पार्टी महामन्त्री लिङ्देनलाई महत्त्वपूर्ण साथ र सहयोग प्रदान गर्नेमा झापा जिल्ला अध्यक्ष अम्बर बिष्ट, प्रदेश १ अध्यक्ष राम थापा, राप्रपाका केन्द्रिय सदस्यहरु टेकनारायण राजवंशी,देवीरमण भट्टराई, राजेस गिरि, मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौड्याल, कचनकवल गा.पा. अध्यक्ष अन्जार आलम लगायतका नेता कार्यकर्ताहरुको सक्रिय उपस्थिति कै कारण झापा जिल्लामा राप्रपाको जनलहर शुरु भएको विश्वास गरिन्छ ।
भर्खरै एकीकरण प्रक्रिया समेत सफलता पुर्वक सम्पन्न गरेको राप्रपाले नयाँ उमंग र नयाँ जोश जागर सहित जनविश्वास लिन सक्रिय हुँदै गएको बताइन्छ । हामीले शंखघोष गरि सकेका छौ, ‘अब पहिलेको राप्रपा र एकीकरण पछीको राप्रपामा आकाश जमिनको फरक छ’, सञ्चारकर्मी संग अनौपचारिक कुराकानी गर्दै जिल्ला अध्यक्ष अम्बर बिष्टले भने । ‘माननीय राजेन्द्र लिङ्देनले अहोरात्र खटेर पुर्व बाटै राप्रपालाई नवजीवन दिने उद्घोष गर्नु भएको छ, हामी सबै नेता कार्यकर्ता एक ढिक्का भएर अगाडी बढेका छौँ ‘, अध्यक्ष बिष्टको भनाइ रहेको छ ।
निर्विकल्प एजेन्डाको रूपमा हिन्दु धर्म र राजसंस्थालाई अंगिकार गरेकै कारण राप्रपाले गति लिएको राजनीतिक विश्लेषकहरु बताउछन् । २४ सै घण्टा जनताको घर घरमा पुगेर दुख सुखमा साथ दिने सांसद राजेन्द्र लिङ्देन राप्रपालाई १ नम्बरको पार्टी बनाउनको लागि पछिल्लो समय देश तथा विदेशका युवाले साथ दिन थालेको बताउछन् ।
‘अन्य दलले युवालाई चिन्न सकेनन् , राप्रपाले आम युवाको भावनालाई समेट्दै अगाडि बढेको छ, अवको सफलता भनेकै युवा जोश र जागर हो, युवा समेटिए पार्टी बलियो हुन्छ, पार्टी बलियो भए राष्ट्र निर्माणको दर्बिलो सम्भावना बढेर जान्छ’, विभिन्न पार्टी परित्याग गर्दै करिब ३ सयको हाराहारीमामा राप्रपा प्रवेश गरेका युवाहरुलाई स्वागत गर्दै राप्रपा नेता लिङ्देनले बताए ।