
नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टोली जमैका तल्लावाजले आज क्यारेबियन प्रिमियर लिग (सीपीएल) को आफ्नो पहिलो खेल आज खेल्दैछ ।

पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जौक्सको सामना गर्दैछ । जमैका र लुसियाबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।



सन्दीप लागातार तेस्रो पटक सीपीएल खेलिरहेका हुन् । २०१८ को सीपीएल संस्करणमा उनले ५ खेलमा १७ ओभर बलिङ गर्दा १०६ रन खर्चेर ७ विकेट लिएका थिए । गत संस्करणमा उनले ६ खेलमा २० ओभर बलिङ गरेर ८ विकेट लिएका थिए ।

सीपीएल खेल्न सन्दीप लामिछाने साउन तेस्रो साता वेष्टइण्डिज प्रस्थान गरेका थिए । २ साता क्वारेन्टाइनमा बिताएपछि उनी प्रशिक्षणमा सहभागी भएका थिए ।
जमैकामा लामिछानेसँगै ४ जना विदेशी खेलाडी आबद्ध छन् । वेष्ट इन्डिज क्रिकेट टोलीका अनुभवी अलराउण्डर आन्द्रे सेललसहितको टोलीमा ग्लेन फिलिप्स, आसिफ अली, मुजिब ऊर रहमान विदेशी खेलाडीको रुपमा आबद्ध छन् ।