
काठमाडौं – समाजवादी पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गिरीको मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।
बिज्ञापन



समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न जारी गरेको ह्वीप नमानेको भन्दै गिरीलाई पार्टीको साधारण सदस्य र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो।

त्यसविरूद्ध गिरीले २८ असारमा पार्टी, संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हालेकी छन् । उनले आफूमाथिको कारबाही कानून विपरीतको भएको दाबी गर्दै कारबाही गर्ने निर्णय बदर गर्न माग गरेकी छन्।