
रुपन्देही । रुपन्देहीमा पाँच जनाको सामुहिक विभत्स हत्या भएको छ । गत राति तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा पाँच जनाको विभत्स हत्या भएको हो । सो हत्याको आशंकामा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बिज्ञापन



घटनास्थलमै चार जनाको मृत्यु भएको र एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । मृत्यु हुनेहरुमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेका छ । उनीहरूको ठेगाना भने खुल्न बाँकी छ ।हत्यामा संग्लन भएको आशंकामा सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् ।
