
काठमाडाैं : सरकार अहिलेसम्म भएका कामलाई अझ उचाइमा पुर्याउने गरी अघि बढिरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।

बिज्ञापन




उनले कोरोना रोकथाम र नेपालमा प्रवेश गर्न नदिन सरकार संवेदनशील रहेको समेत स्पष्ट पारेका छन् ।
उनले स्वास्थ्य क्षेत्रलाई अझ व्यवस्थित गर्न यसलाई अवसरको रूपमा प्रयोग गरेर अघि बढ्नुपर्ने बताए ।
उनले आशंकितलाई अस्पताल लैजाँदा नतिजा पोजेटिभ देखियो भने सरकारले सम्पूर्ण जिम्मा लिएर उपचार खर्च बेहोर्ने समेत स्पस्ट पारे । राजधानी दैनिकमा खबर छ ।