
सल्यान — गाडी दुर्घटनामा घाइते भएका सवुजगण सल्यानका मेजर ईश्वर सिलवालको उपचारका क्रममा मृत्यु भएको छ । ३५ वर्षीय सिलवालको काठमाण्डौको छाउनीस्थित सेनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सवुजगणले जानकारी दिएको छ ।

बिज्ञापन



सल्यानको सिमखर्कस्थित सेनाको ब्यारेकको लु १ त १२३ नम्बरको ट्रक गत माघ २९ गते सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको थियो।

दर्घटनामा सवुजगण सिमखर्कमा कार्यरत जमदार यादब भडेलको घटनास्थलमै मृत्यु भएको थियो। सेनानी जयप्रकास बोहरा, मोहन थापा, सिपाही बिशाल गुरुङ, रेशमलित मगर, बिपिन श्रेष्ठ घाइते भएका थिए। घाइते सबैको छाउनीस्थित सेनाको अस्पतालमा उपचार भइरहेको छ।