
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला भएको दाबी गरेकी छन् ।




सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रवर्द्धन विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मुलुकमा सुशासन कायम गर्ने प्रभावकारी पाइलाका रुपमा बालुवाटार प्रकरणमा सरकार अघि बढेको बताइन् ।

सरकारले अहिले प्रक्रिया अगाडि बढाएको छ, मन्त्री अर्यालले भनिन्, ‘यसबारेमा धेरैले निकै प्रश्न गरे । दुई पटक मैले संसदमा जवाफ दिएँ । अहिले बालुवाटार प्रकरणमा सरकार कठोर भएर अघि बढ्दा विरोध गर्नुको अर्थ छैन ।’
मन्त्री अर्यालले बालुवाटारको जग्गा सरकारी भएको र सरकारी नै बनाएर छाड्ने बताइन् । बालुवाटार मात्र नभएर देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याइने बताउदै मन्त्री अर्यालले २ सय ६४ विगाह सरकारी जग्गा कानुनी रूपमै फिर्ता गरिसकेको जानकारी दिइन् ।