ओलीमाथी महतोको आरोप  ‘झापामा बञ्चरोले टाउको काट्ने सत्तामा, रेशम चौधरीलाई चाहिँ आजीवन जेलमा?’


काठमाडौ , २९ चैत। राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सिके राउतविरुद्ध सरकारको कदमको कडा आलोचना गरेका छन् । नेता महतोले सरकार हजारौं सिके राउत जन्माउने खेलमा लागेको बताए ।

बिज्ञापन

सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा गडबडमात्रै भइरहेको बताए । ‘प्रधानमन्त्री ओलीले सब ठीकठाक भनिरहेका छन्’, उनले भने, ‘प्रधानमन्त्रीलाई सोध्या छ रु त के ठीकठाक छ ?’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका छन् ।

‘झापामा बञ्चरोले टाउको काट्ने सत्तामा, रेशम चौधरीलाई चाहिँ आजीवन जेलमा रु’, महतोले भने ।

उनले मुलुकको भविष्य विद्यार्थीहरु नै भएको बताउँदै यसलाई आन्दोलनको ट्रेलर रहेको बताए । भने, ‘पूरै फिल्म देखाउनुस् । अब सडकमा भेटौला ।’