
गौरादह झापा
गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहले ठुला तथा मझौला सबै प्रकारका उद्योग कलकारखानाका लागि गौरादह सुरक्षीत गन्तव्य भएको बताएका छन् । गौरादह उद्योग वाणिज्य संघको दोश्रो साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख साहले उद्योग वाणिज्यको क्षेत्रमा तिब्र फड्को मार्नु आजको आवस्यकता भएको बताएका छन् । उद्योग धन्दा र कलकारखाना स्थापनाका लागि नगरपालिकाले निकै उदार निति अपनाएको बताउदै मेयर साहले बलियो अर्थतन्त्रको लागि र वाणिज्य क्षेत्रमा ठूलो लगानीको आवस्यकता रहेकोे औल्याए । गौरादह पाडाजुगी तथा बालुबथान कोरोबारी करिडोरमा बाह्य क्षेत्रका व्यवसायीहरू आकर्षण बढ्दै गएको बताउदै हामीहरू ठुला व्यापारीलाई स्वागत गर्न आतुर छौँ, साहले थपे । बाह्य क्षेत्रका व्यवसायी संग परामर्श गर्नु र यस क्षेत्रमा लगानी मैत्री वातावरण छ भने बारेमा ठुला लगानीकर्तालाई जानकारी दिनुपर्ने बताउदै उनले गौरादह उद्योग वाणिज्य संघले यसको नेतृत्व लिन सुझाव दिए ।

कार्यक्रममा नगर प्रबक्ता तथा वार्ड नं. १ वडा अध्यक्ष नगेन्द्र भण्डारीले समृद्ध गौरादह निर्माण गर्न दिगो बिकासमा जोड दिने खालको नगर आर्थिक निति रहेकोे बताए । प्रतिस्पर्धात्मक ब्यापारले मात्र सन्तुलित बजार व्यवस्थापन हुने भन्दै प्रबक्ता भण्डारीले बदलिँदो व्यापारीक परिवेश संगै व्यावसायिक संगठनहरुको जिम्मेवारी बढ्दै गएको बताए । गौरादह उद्योग वाणिज्य संघले ब्यापारीको हितमा धेरै संवेदनशील हुनुपर्ने भन्दै बाहिरी लगानी भित्र्याउन वाणिज्य संघको भुमिका अपरिहार्य रहने बताए ।
अध्यक्षको प्रतिवेदन
गौरादह उद्योग वाणिज्य संघको दोश्रो साधारणसभामा अध्यक्ष जीवन कुमार राइले प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राई परम्परागत रूपमा रहेकोे वाणिज्य क्षेत्रलाई आधुनिकीकरण गर्नु निकै जटिल रहेकोे धारणा राखे । २०७३ मा गौरादह उद्योग वाणिज्य संघ बिधिवत रूपमा दर्ता भएको जानकारी गराउदै आफ्नु नेतृत्वमा भएका सुधार उन्मुख कार्यहरूको चर्चा गरे । व्यवसायीको हितमा बिगतमा गरिएका महत्त्वपूर्ण कार्यहरूले भविस्यलाई दिशानिर्देश गर्ने भन्दै अध्यक्ष राइले संघका भावी कार्यक्रमहरुको समेत चर्चा गरेका थिए । स्थानीय तह संग समन्वय गर्दै विकास निर्माणमा अगाडि बढ्ने बताउदै उनले व्यवसायीको हितमा मात्र आफुहरुले काम गरेको नभइ समाजको सन्तुलित विकासमा समेत आफुहरु लागि परिरहेको जिकिर गरे ।
संघको नयाँ नेतृत्वका लागि आगामी माघ १८ गते निर्वाचन हुने जनाइएको छ ।
कार्यक्रममा पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो ।
Show quoted text
बिज्ञापन



