
एजेन्सी ।उत्तरी अफगानिस्तानमा तालिवान लडाकू समूहले बुधबार गरेको बारुदी सुरुङ आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी ८ बालबालिकासहित १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बिज्ञापन



स्थानीय समयअनुसार बुधबार अपराह्न ५ बजे तालिवान लडाकू समूहले बिछ्याएको बारुदी सुरुङमा सर्वसाधारणको सवारीसाधन ठोक्किँदा १५ व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएकाे गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमले जानकारी दिए ।

ताजकिस्तानसँग सीमा जोडिएको उत्तरी इलाकामा भएको यस आक्रमणमा परी ६ महिला, १ पुरुष र ८ बालबालिका मारिएको रहिमले बताए । यस क्षेत्रमा तालिवानी लडाकू समूह र अमेरिकाको समर्थन रहेको अफगान सुरक्षाबलबीच नियमितझैं झडप हुने गरेको छ ।