सुन्दरहरैचा नगरपालिका भित्र सरकारी जग्गा अतिक्रमण बढ्यो , मेयर बेखबर

सान नेपाल

प्रदेश नम्बर १ मा रहेका विभिन्न ठाउका सरकारी जग्गा अतिक्रमण भएको पाईएको छ । कही जनप्रतिनिधि र भूमाफियाको मिलेमतोमा अतिक्रमण गरिएको छ भने कही सरकारी कर्मचारीलाई प्रभावमा पारेर अतिक्रमण गरिएको पाईएको छ ।

बिज्ञापन

मोरङको सुन्दरहरैचा नगरपालिका भित्रका सरकारी जमिन पनि जनप्रतिनिधि र ब्यापारीको मिलेमतोमा अतिक्रमण गरिएको स्रोतको दावी छ ।जनप्रतिनिधि को मिलेमतोमा कर्मचारीलाई प्रभावमा पारेर ब्यापारीहरुले सरकारी जमिनमा आफ्नो व्यावसाय संचालन गरिरहेको स्रोतले बतायो ।

`सरकारी जग्गामै ठूलाठूला संरचना बनाएर जनप्रतिनिधिकै मिलेमतोमा खुल्लमखुल्ला व्याबसाय संचालन गरिएको छ ´ स्रोतले नाम नबताउने शर्तमा ओमकार प्रतिनिधिलाई बतायो ।स्थानीय तहदेखि केन्द्रसम्म `सेटिङ´गरेर सरकारी जग्गा अतिक्रमण गरेको स्रोतको दावी छ ।

यसै सन्दर्भमा ओमकार प्रतिनिधिले सुन्दरहरैचा नगरपालिका मेयर शिवप्रसाद ढकालसंग जिज्ञासा राख्दा उनले कुनै ओैपचारिक प्रतिक्रिया दिन चाहेनन् ।ओमकार प्रतिनिधिसंग अनौपचारिक कुराकानी गर्दै हालसम्म कुनै सरकारी जग्गा अतिक्रमणको गुनासो नआएकोले यस बिषयमा आफू अनभिज्ञ रहेको बताए । मातहतमा रहेका सरकारी जमिनको संरक्षणमा बिशेश पहल गर्ने पनि ढकालले जानकारी दिए ।यस बिषयमा बिस्तृत रिपोर्ट ओमकारले आगामी दिनमा सार्वजनिक गर्ने छ ।