
१० कात्तिक, काठमाडौं । प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट पूर्वगृहराज्य मन्त्रीसहित २५ जनालाई पक्राउ गरेको छ । जुवाखालबाट नगद र चेकसहित ५ करोड बढी रकम बरामद भएको छ

महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम पौडेलको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार, जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ करोडको चेक बरामद भएको छ ।
बिज्ञापन



पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार, जुवाखालबाट पूर्वगृह राज्य मन्त्री इन्द्र बानियाँ, ‘क्यासिनो किङ’ भनिने बलराम सापकोटालगायत पक्राउ परेका छन् ।अनलाइन खबरबाट।
